८ मंसिर २०८१, शनिबार
एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफरमा ‘पहिलो सिम’ उपलब्ध गरेको छ ।
यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्ने व्यवस्था छ । यसका साथै परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याक सँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभलिन सक्नेछन् ।
यो अफर आजबाट लागु हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षाप्रवेश पत्र र आफ्नो आमावाबाबुको नागरिकताको फोटोकपि बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् । यो योजना अन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजे सम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । पहिलो सिम सुचारु गर्नुहुने ग्राहकले रु ५० वा सो भन्दा बढीको रिचार्ज गरे पछि विनाकुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिन सम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिन पछि कल गर्दा प्रतिमिनेट कर बाहेक रु ०.९९ शुल्क लाग्नेछ ।
ग्राहकले एस्ट्रिक्स ५५४४हृयास डायल गरी प्राप्त निर्देशन अनुसार आफुले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विषेश योजना ल्याउन पाउँदा कम्पनी निकै हषिर्त रहेको एनसेल कम्पनीले बताएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मजालिन सक्नेछन् ।