नेपाल इन्स्योरेन्सले शतप्रतिशत हकप्रद दिने

होमल्याण्ड खबर

२०७४ चैत्र १९ गते, सोमबार ०६:५० मा प्रकाशित

नेपाल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले वैशाख ५ गतेदेखि जेठ ८ गतेसम्म ३० लाख १९ हजार ८ सय ८६ कित्ता हकप्रद जारी गर्ने भएको हो ।
चैत्र २२ गतेसम्म बुकक्लोज भएका सेयर धनीले १ बराबर १ अनुपातमा हकप्रद भर्न सकिने छ । इन्स्योरेन्सको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद सेयर खरिद एवम् दरखास्तका लागि एन आईबिएल एस क्यापिटल लिमिटेड , लाजिम्पाट , काठमाडौं तथा शाखा कार्यालयहरु , लालदरबार काठमाडौं , लगनखेल , ललितपुर तथा चिप्लेढुङ्गा पोखरामा सम्पर्क गर्न सकिन्छ । साथै नेपाल इन्सोरेन्स कम्पनी लिमिटेडको रजिष्टार्ड कार्या कमलादी काठमाडौं तथा कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिन्छ ।
यसरी नै नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त सि आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त बुझाउने व्यवस्था गरिएको छ ।