दुई मालपोत कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर

होमल्याण्ड खबर

२०७६ भाद्र २९ गते, आईतवार १२:४४ मा प्रकाशित

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले उद्घाट्न गरे ।

त्यसैगरी जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा जलेश्वर मालपोत कार्यालय प्रमुख भुपबहादुर बोगटी र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख युवराज राईले संयुक्त रुपमा उद्घाटन गरे ।