१५ मंसिर २०८१, शनिबार
दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पूरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।
चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक मेला ५ दिनसम्म सञ्चालन हुनेछ । एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफरसमेत रहने आयोजकले जनाएको छ ।