९ मंसिर २०८१, आईतवार
सिटिजन्स बैंक इन्टरनेसनल र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि एनबिआईले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै एनबिआईले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । निकट भविष्यमा कर्मचारीहरूको वृत्ति विकासका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने बैंकले जानकारी दिएको छ ।