प्रभुको कुरिनटार शाखा कार्यालय सञ्चालनमा

होमल्याण्ड खबर

२०७६ आश्विन ७ गते, मंगलवार १२:०९ मा प्रकाशित

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६औं शाखा कार्यालयको रुपमा कुरिनटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकको कुरिनटार शाखाकार्यालयको उद्घाटन इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङ्ले गरेकी हुन् ।