८ बैशाख २०८२, सोमबार
स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आमा बहुउद्देशीय सहकारी संस्थाले ‘गरिमा रेमिट’सञ्चालन गर्ने सम्बन्धमा गरिमा विकास बैंक र आमा बहुउद्देशीय सहकारी संस्था बीच सम्झौता भएको छ ।
मिति २०७६ आश्विन १० गते शुक्रबार गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आमा बहुउश्यीय सहकारी संस्थाको तर्फबाट अध्यक्ष दुर्गाप्रसाद पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आमा बहुउद्देशीय सहकारी संस्था बाटगरिमा रेमिटमार्फत रकम पठाउन र भुक्तानी गर्न सकिनेछ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ९ वटा शाखासहित देशभर ८७ शाखा र ४३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले २०७६ आश्विन १० गतेसम्म रु.३३ अर्ब ४६ करोड निक्षेप संकलन गरी ३० अर्ब रुपियाँ कर्जा लगानी गरेको छ ।