९ मंसिर २०८१, आईतवार
एनआईबीएलएस क्यापिटलले विरगञ्ज, बुटवल र बिराटनगरमा एकैसाथ शाखा विस्तार गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनीले ३ वटा स्थानमा शाखा विस्तार गरेको हो । कम्पनीले १ लाख ५० हजार भन्दाबढी हितग्राही खाता संचालन गर्दै आइरहेको छ । बिभिन्न बैंक र वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल लगायत ३७ वटा कम्पनीहरुको सेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।