ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्स बीच सम्झौता

होमल्याण्ड खबर

२०७४ चैत्र २१ गते, बुधबार ०९:०५ मा प्रकाशित

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । मंगलबार एक कार्यक्रममा बीच बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता गरेकोे हो । बैंकका ग्राहकहरुले कुनैपनि शाखाबाट इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने व्यावस्था छ ।