९ मंसिर २०८१, आईतवार
सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने बताए ।
कार्यक्रममा बैंक क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई २५ हजारको चेक समेत हस्तान्तरण गरिएको थियो ।