कैलाश विकास बैंकको पाल्पामा ४५औँ शाखा विस्तार

होमल्याण्ड खबर

२०७४ चैत्र २२ गते, बिहीबार १०:५१ मा प्रकाशित

कैलाश विकास बैंकले पाल्पा जिल्लाको दम्कडामा ४५औँ शाखा विस्तार गरेको छ । बुधबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य सोम प्रसाद पाण्डेले बैंकको शाखाको उद्घाटन गरेका छन् ।
बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रुपैयाँ छ । बैंकले १९ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको ४५ वटा शाखा र २२ वटा एटीएम छ । बैंकले निकट भविष्यमा गुल्मी जिल्लाको पुर्तिघाट, झापा जिल्लाको दमक, बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।