९ मंसिर २०८१, आईतवार
एभरेष्ट बैंकले नवलपुरको कावासोतीमा ८०औं शाखा विस्तार गरेको छ ।
नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले कावासोती शाखाको संयुक्त उद्घाट गरेका छन् ।
बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।