९ मंसिर २०८१, आईतवार
लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा ११६औँ शाखा काठमाडौंको तहाचलमा संचालनमा ल्याएको छ ।
यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । उक्त नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४० एटिएम, २५सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।