१० मंसिर २०८१, सोमबार
पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अन्य ४२ जना घाइते भएका छन् ।
बिहीबार बिहान तेजगाम एक्सप्रेसको उक्त रेल राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको रेलको तीनवटा डिब्बामा आगलागी भएको हो ।
मृत्यु हुनेमा महिला र बालबालिका धेरै छन् । सिलिण्डर विष्फोट भएर उक्त दुर्घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएको छ ।
आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने आगलागी हुनबाट जोगिएका छन् ।
घटनामा ४२ घाइते भएकामा उनीहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने बताइएको छ ।
घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गरेका छन् ।