एनआईसी एशियले कर्णाली प्रदेशका ८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

होमल्याण्ड खबर

२०७४ चैत्र २५ गते, आईतवार ०६:३६ मा प्रकाशित

एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति प्रदान गरेको छ । कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पिडित विद्यार्थीहरुलाईे छात्रवृत्ति वितरण गरिएको हो ।
यसले विद्यार्थीहरुको आगामी दिनको अध्ययन सहज हुने अनुमान गरिएको छ । बैंकले मुलुकभर फैलिएको आफ्नो १ सय ९२ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेका छन् । भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता बैंकले जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान र्पुयाउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।