९ मंसिर २०८१, आईतवार
नेपालको सर्वाधिक बिक्री हुने स्मार्टफोन कम्पनी, सामसङले नयाँ वर्ष २०७५ आगमनलाई लक्षित गर्दै आफ्नो २०७५ साल सामसङ अफर बबाल” घोषणा गरेको छ ।
नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै हामीले हाम्रा उपभोक्ताहरुका लागि यो नयाँ अफर ल्याएका छौँ । हामी विश्वस्त छौँ यसले सकारात्मक प्रभाव पार्दै उहाँहरुसँगको हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउनेछ, सामसङ मोबाइल शाखाले जनाएको छ ।
योजना अन्तर्गत, सामसङ स्मार्टफोनको खरिदमा उपभोक्ताहरुले विभिन्न आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । अब उपभोक्ताले ग्यालेक्सी ट्याब एस३ को खरिदमा लेभल बक्स स्पिकर, एस८ र एस८प्लसको खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा एक बोटल स्पिकर सित्तैमा पाउने कम्पनीले बताएको छ ।
उक्त उपहारहरुसँगै सामसङले आफ्ना अन्य लोकप्रिय मोडलहरुमा भारी छुटको व्यवस्था पनि गरेको छ । रु ६०९० को छुट सहित नोट८ जसको वास्तविक मूल्य रु १०२,९९० रहेको थियो अब रु ९६,९०० मा उपलब्ध हुनेछ । साथै, रु ७००० को छुटसँगै एस८प्लसको मूल्य रु ८६,९०० बाट रु ७९,९०० तथा एस८ को मूल्य रु ७६,९०० बाट रु ६९,९०० तय गरिएको छ ।
त्यसैगरी, रु २००० को छुट सहित जे७ प्रो र जे७ म्याक्स को मूल्य क्रमशः रु ३२,९०० बाट रु ३०,९०० तथा रु २८,२९० बाट रु २६,२९० तोकिएको छ । जे७ प्राइम२ को मूल्य अब रु २७, ९९० र व्ठ ल्हत ९घद्द न्द्य० जे७ एनएक्सटीको मूल्य रु २०,९९० निर्धा्रित गरिएको छ जसको मूल्य क्रमशः रु २८,९९० र रु २१,९९० रहेको थियो भने रु १२०० को छुट सहित अन एनएक्सटीको मूल्य रु २५,१९० बाट रु २३,९९० तय गरिएको कम्पनीले जानकारी दिएको छ ।