२८ फाल्गुन २०८२, बिहीबार
आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।