८ बैशाख २०८२, सोमबार
माछापुच्छ्रे बैंकले १० प्रतिशत क्यास ब्याक बहार योजना सञ्चालनमा ल्याएको छ । नयाँ वर्ष २०७५ को अवसरमा बैंकले भिसा कार्डको प्रयोग गरेर खरिद गर्दा १० प्रतिशत नगद फिर्ता दिने भएको छ ।
बैंकले १० प्रतिशत वा एक हजार रुपैयाँ मध्ये जुन कम हुन्छ त्यसैको आधारमा रकम फिर्ता दिने उल्लेख गरेको छ । यो योजना सिमित अवधिको लागि मात्र हुने बैंकले जानकारी दिएको छ ।