राष्ट्र बैंकका १०० कर्मचारी एकैदिन अवकाश हुदै

होमल्याण्ड खबर

२०७४ चैत्र २७ गते, मंगलवार ०७:२७ मा प्रकाशित

राष्ट्र बैंकमा कार्यरत निर्देशक, उपनिर्देशकसहित १०० जना कर्मचारी एकै दिन अवकाश हुने भएका छन् । आगामी बैशाख ३ गते एकैदिन ठूलो संख्यामा कर्मचारी अवकाश हुने भएको हो ।
राष्ट्र बैंकको कर्मचारी नियमावलीमा भएको ब्यवस्था अनुसार सेवा अवधि ३० बर्ष वा उमेरहद ५८ बर्षमध्ये जुन पहिला आउँछ त्यसैको आधारमा कर्मचारी अवकास हुन्छन् । सोही प्रावधान अनुसार सेवा अवधि ३० बर्ष पुगेकोले ठूलो संख्यामा कर्मचारी एकै पटक अवकास पाउन लागेका हुन् । यसरी अवकाश पाउने कर्मचारीलाई राष्ट्र बैंकले १० बर्षसम्मको एकमुष्ठ पेन्सन दिएर विदा गर्नेे छ । यस्तै अवकास पाउने कर्मचारी जुन पदबाट अवकाश पाउँछन् सोभन्दा एक तह बढीको पेन्सन दिने गरिएको छ ।