माछापुच्छ्रे बैकद्वरा शैक्षिक क्षेत्रलाई आर्थिक सहयोग

होमल्याण्ड खबर

२०७४ चैत्र २७ गते, मंगलवार ०९:३१ मा प्रकाशित

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रमकाविच बैकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पीडित, द्वन्द पीडित लगायत १५ जना विद्यार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्री पुग्ने गरी रु एकलाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।
त्यसैगरी बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई समेत रु ५ लाख आर्थिक सहयोग गरेको छ । सो रकम बराबरको चेक बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले हस्तानतरण गरेका हुन् ।