९ मंसिर २०८१, आईतवार
सर्वोच्च अदालतद्धारा बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई धरौटीमा रिहा गर्ने आदेश जारी गरेकाे छ । अदालतले उनीहरुलाई १/१ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकाे छ ।
बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए ।
आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो । अब श्रेष्ठले उच्च अदालतमा १ करोड रुपैयाँ धरौटी तिरेपछि रिहा हुन पाउनेछन् ।
नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । कर्जा लगानी भएको बेला श्रेष्ठ सीईओ थिए ।