सिटिजन्स बैंक र चिरायु नेसनल हस्पिटलबीच सेवासम्बन्धि सहकार्य

होमल्याण्ड खबर

२०७६ मंसिर १२ गते, बिहीबार १२:१८ मा प्रकाशित

सिटिजन्स बैंक र बसुन्धरामा रहेको चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिटर प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउँने भएका छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । “योर पार्टनर फर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।