लक्ष्मी बैंकको वार्षिक साधारण सभा पुस ६ गते, १५ प्रतिशत लाभांश पारित गरिने

होमल्याण्ड खबर

२०७६ मंसिर १२ गते, बिहीबार १४:०७ मा प्रकाशित

लक्ष्मी बैंकको १९ औँ वार्षिक साधारण सभा पुस ६ गते हुने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । साधारण सभाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कम्पनी सचिव पियूसराज अर्यालले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि मंसिर २३ गते बुक क्लोज हुने छ । कम्पनीको हाल कायम चुक्ता पूँजी ८ अर्ब ९२ करोड ५ लाख ८ हजार ६ सय ४२ रुपैयाँ रहेको छ ।