९ मंसिर २०८१, आईतवार
एनआईसी एशिया बैंकले उपत्यका भित्र र बाहिर गरेर केही संख्यामा विभिन्न पदका लागि आवेदन खुल्ला गरेको छ । बैंकले एक सूचना जारी गर्दै शाखा प्रवन्धक, अपरेशन/सर्भिस/एक्स्पेरिएन्स म्यानेजर/रिलेशनसिप म्यानेजर, ट्रेनी असिस्टेन्टलगायतका पदमा कर्मचारी माग गरेको हो । जागिरका लागि इच्छुक व्यक्तिले अनलाइनमार्फत दरखास्त बुझाउन सक्नेछन् । बैंकले इच्छुक व्यक्तिलाई डिसेम्बर १६ सम्म दरखास्त बुझाउन आग्रह गरेको छ ।