९ मंसिर २०८१, आईतवार
महानगरीय अपराध महाशाखाको टोलीले बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका ३ जनालाई पक्राउ गरेको छ ।
महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले अनलाईन ठगी अनुसन्धान गर्ने क्रममा उनीहरु बैंक ह्याकिङमा संलग्न भएको देखिएको जनाए ।
थापाका अनुसार पक्राउ पर्ने तीनै जना नेपाली हुन् । तर उनीहरुको सम्पर्क बैंक प्रणाली ह्याकिङ गर्ने विदेशी समूहसँग देखिएको छ ।
महाशाखाले पक्राउ परेकाहरुबारे जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । केही समयअघि राजधानीको दरबारमार्ग लगायतका स्थानमा एटीएम ह्याक गरी करोडौं रकम लुटिएको थियो ।