९ मंसिर २०८१, आईतवार
हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफ सि)बीच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइएफसिका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार आइएफसि ले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, सञ्चालन र प्रबद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो ।