अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई सिद्धार्थ बैंकको आर्थिक सहयोग

होमल्याण्ड खबर

२०७६ मंसिर ३० गते, सोमबार १६:३६ मा प्रकाशित

सिद्धार्थ बैंकले काभ्रे जिल्लाको बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रलाई आर्थिक सहयोग गरेको छ । आइतबार एक कार्यक्रमबीच दश लाख रुपैयाँ बैंकका अध्यक्ष मनोज कुमार केडियाले पुनर्स्थापना केन्द्रका कार्यकारी निर्देशक विवेक बास्कोटालाई प्रदान गरेका हुन् ।

अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र्रलाई बारा र पर्साका शारीरिक अशक्तता भएका बालबालिकाको आवश्यक शल्यक्रिया, फिजियोथेरापी तथा सहायक सामाग्री प्रदान गर्ने कार्यका लागि संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत बैंकले उक्त सहयोग रकम प्रदान गरेको हो ।

यस कार्यक्रमबाट बारा र पर्सा जिल्लाका २०० अपाङ्ग बाल बालिकाको उपचारमा प्रत्यक्ष सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १७५ वटा शाखा ( एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।