९ मंसिर २०८१, आईतवार
प्रभु बैंकले काठमाडौंको टंगालमा नयाँ शाखा विस्तार गरेको छ । बिहीबार सो बैंकका सञ्चालक अम्बिका शर्मा लामिछानेले नयाँ शाखाको उद्घाटन गरेकी छन् । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको छ ।
मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।