१५ मंसिर २०८१, शनिबार
साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार ७१ हजार छ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पनि स्थिर रहेर प्रतितोला ७१ हजार छ सय रुपियाँ नै कायम भएको हो ।
आज महासंघले तेजाबी सुन प्रतितोला ७१ हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३८५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार १३० रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य ८५० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपियाँ कायम गरेको छ ।