१५ मंसिर २०८१, शनिबार
नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्सले ‘जेसीबीको एस्योरेन्स, ग्राहकलाई कन्फिडेन्स’ योजना घोषणा गरेको छ ।
नयाँ योजनाअन्तर्गत एमएडब्लू अर्थमुभर्सले जेसीबीको पाटर्समा ३ महिनादेखि ६ महिनासम्मको वारेन्टी उपलब्ध हुनेछ भने टायरमा एक वर्र्षको उपलब्ध हुनेछ ।
“हामीले नेपालमै पहिलो पटक आफ्ना ग्राहकहरुको हितलाई ध्यानमा राखी, पार्टपूर्जामा ३ महिनादेखि ६ महिना तथा टायरमा एक वर्षको वारेन्टी साथै २५० डिग्री सेल्सियससम्मको तापक्रम थाम्न सक्ने क्षमता भएको ग्रिज सुपथ मूल्यमा उपलब्ध गराएको छौं । यो ग्रिज बजारमा पाइने ब्रान्डेड ग्रिजभन्दा सुपथ मूल्यकोसाथै उच्च गुणस्तरको छरलोकल ग्रिजको भन्दा दुई गुणा बढी हुने भएकाले ग्राहकको धेरै पैसा बचत हुन्छ,” एमएडब्लू अर्थमुभर्सका चिफ सर्भिस म्यानेजर दिपेन बज्रचार्यले भने ।
देशभर १२वटा शाखा, १५ वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र दुई सयभन्दा बढी सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र टेली ह्यान्डलर लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।
पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दो छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।