सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा साट्न सकिने

होमल्याण्ड खबर

२०७६ पुष ११ गते, शुक्रबार १२:२२ मा प्रकाशित

विगत १७ वर्ष देखि उच्चस्तरीय सेवा प्रदान गर्दै आएको सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ।

बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विदेशी मुद्राको माग गर्न सक्नेछन् । माग गरिको विदेशी मुद्रा, नगद अथवा कार्ड, बैंकका तोकिएका शाखाहरुमध्ये आफूलाई सहज हुने शाखाबाट संकलन गर्नु पर्ने बैंकले जनाएको छ । बैंकिङ समयभित्र सजिलैसँग विदेशी मुद्रा अथवा कार्ड संकलन गर्न सकिने भएको हुँदा यस सुविधाले ग्राहकहरुको समयको बचत हुने बैंकले विश्वास लिएको छ ।