९ मंसिर २०८१, आईतवार
नेशनल बैंकिङ इन्स्टिच्यूटद्वार बैंकिङ डिजीटाइजेशन सम्बन्धी परामर्श सेवा दिन विज्ञ राहुल जोशीसँग सम्झौता गरेको छ । बैंकिङ डिजीटाइजेशनका विज्ञ राहुल जोशीसँग एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
जोशीले २ दशकसम्म एक्लैले भारतको सबैभन्दा ठुलो निजी बैंक आइसिआइसीआइको डिजीटल नीति सम्हाल्दै आएका थिए । सम्झौता अनुशार एनबिआइले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई डिजीटाइजेशनका सम्बन्धमा परामर्श सेवा प्रदान गर्ने भएको छ ।
यसबाट बैंक तथा वित्तीय संस्थाहरुले डिजीटाइजेशनलाई एक प्रकारको व्यापारिक रणनीतिको रूपमा लिएर अगाडि बढी निकै प्रभावकारी ढंगले ग्राहक तथा व्यापार व्यवसायलाई अभिवृद्धि गर्न सक्षम हुने बैंकले जानकारी दिएको छ ।