२९ फाल्गुन २०८२, शुक्रबार
आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारका तुलनामा मंगलबार बजारमा सुन २ सय र चाँदी १० रुपैयाँले बढेको हो । सुन केही दिन स्थिर रहेको थियो ।
सोमबार ७३ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार २ सयले बढेर ७३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार २ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।