१४ मंसिर २०८१, शुक्रबार
एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई रिचार्जर एपले आर्थिक सहयोग गरेको छ । एपले खातुनलाई सहयोग स्वरुप ५२ हजार २० रुपियाँको चेक हस्तान्तरण गरको हो । रिचार्जर एपको विगसेल २०२० औपचारिक घोषणा कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सहयोग स्वरुप ५२ हजार २० रुपियाँको चेक हस्तान्तरण गर्दै पर्यटनमन्त्री योगेश भट्टराई उक्त कार्यक्रममा मन्त्रीको तर्फवाट पनि ५० हजार रकम सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । गत भदौमा वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गर्दा उनी एसिड प्रहारबाट घाईते भएकी थिइन् । मुस्कानको लामो समय कीर्तिपुरस्थित अस्पतालमा उपचार भएको थियो ।
उनलाई एसिड प्रहार गर्ने दुई युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । उनको एसिडले पोले घाउ उपचारकै क्रममा छ र निको पनि हुँदै गएको छ । उनका शुभचिन्तहरुले शुभकामना भने दिईरहेका छन् ।