एन आई सी एशिया बैंक लि. र श्री तिनाउ इन्टरनेशनल हस्पिटल बुटवलबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ पुष १७ गते, बिहीबार १३:४१ मा प्रकाशित

एन आई सी एशिया बैंक लिमिटेड र श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि. बुटवलबीच विभिन्न सेवा सुविधामा १०% देखि १५% सम्मको छुट हुने गरि सम्झौता भएको छ ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई श्री तिनाउ इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% देखि १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं. ५ को यस बैंकको प्रादेशिक कार्यालयका प्रमुख श्री तिलक सुन्दर कार्की र श्री तिनाउ इन्टरनेशनल हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध संचालक श्री बिमल प्रसाद श्रेष्ठज्यूले हस्ताक्षर गरेका छन् ।

करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।