९ मंसिर २०८१, आईतवार
प्रभु बैंकले काठमाडौं महानगपालिका–३० ज्ञानेश्वरमा नयाँ शाखा सञ्चालन गरेको छ । सोमबार बैंकका ज्ञानेश्वर शाखा सञ्चालक पुष्पबहादुर प्रधानले एक समारोहबीच उद्घाटन गरेका हुन् ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरुमध्ये प्रभु बैंक लिमिटेडको दरबारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभी बैंकको दरवारमार्ग शाखा कार्यालयलाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।