महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रम अछामलाई आर्थिक सहयोग

होमल्याण्ड खबर

२०७६ पुष २४ गते, बिहीबार १४:३६ मा प्रकाशित

महालक्ष्मी विकास बैंक लि. ले वैद्यनाथ वेद विद्याश्रम, अछामलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशद ज्ञान भएका जनशक्ती उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथक्षेत्र विकास संस्थाद्वारा सञ्चालित वैद्यनाथ वेद विद्याश्रम, अछामलाई एक लाख पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो ।

आज बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछानेले संस्थाका संरक्षक तथा पूर्व प्रहरी महानिरिक्षक श्री मोतीलाल बोहोरालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले वैद्यनाथ वेद विद्याश्रममा अध्ययनरत विद्यार्थीहरुका लागि खाना, बास, कपडा लगायत अन्य भौतिक सुविधामा सुधार होस भन्ने हेतुले उक्त सहयोग गरेको जनाएको छ ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।