पिठुवा खानेपानीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

होमल्याण्ड खबर

२०७६ पुष २५ गते, शुक्रबार १२:४५ मा प्रकाशित

लुम्बिनी विकास बैंकले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । उक्त चेक बैंकका संचालक चिन्तामणी भट्टराईले संस्थाका अध्यक्ष आसिक तामाबलाई एक समारोहकाबीच हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थालाई खानेपानीको पाईपलाईन विस्तार गर्ने तथा सरसफाई कायक्रम संचालन एवम् केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि तीन लाख रुपियाँ बराबरको चेक बिहीबार हस्तान्तरण गरेको हो । त्यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल र टाँडी शाखा प्रबन्धक सुर्दशन घिमिरेको उपस्थिति रहेको थियो ।