सनराइज बैंकको ‘रिकरिङ खाता’ संचालनमा

होमल्याण्ड खबर

२०७६ पुष २७ गते, आईतवार १२:३९ मा प्रकाशित

पछिल्लो समय सनराइज बैंकले ‘रिकरिङ खाता’ संचालनमा ल्याएको छ । बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिने उक्त खातामा मुद्घति खाता सरह व्याज पाइने बैंकले जनाएको छ । १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्न मिल्ने छ । खाता खोल्दा न्युनतम बचत १ हजार र त्यसपछि एक पटकमा न्युनतम ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । खाता खोल्दा न्युनतम बचत १ हजार रुपियाँ र त्यस पछि एक पटकमा न्युनतम ५ सय वा ५ सयको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्घति खातामा जम्मा हुँदै जाने र मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङबाट पनिसजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ । सो खातामा पूर्व निर्धारित भन्दा बढी रकमग्राहकको अनुकुलता अनुसार पटक पटक गरि जम्मा गर्न सकिनेछ ।

यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घती खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्मकर्जा लिन पाइने व्यवस्था छ । सो खातामा फ्लोटिङ व्याजदर लागु गरिएको छ । जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मदत पुग्दछ । उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ । हाल बैंकले मुद्घतिखातामा ९.२५ प्रतिशतमा थप ०.५ प्रतिशत व्याज प्रदान गर्दै आएको छ । यो योजना दैनिक र साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिहरुलाई अति उपयुक्त रहने बैंकले जानकारी दिएको छ ।