राष्ट्रिय वाणिज्य बैंक र एनआइडीसी एकीकृत हुँदै, करोबार बैशाख १९ देखि

होमल्याण्ड खबर

२०७५ बैशाख ११ गते, मंगलवार ०६:२० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंक एक्वायर पछिको पहिलो एकिकृत कारोबार बैशाख १९ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसी गाभ्न÷गाभिन नेपाल राष्ट्र बैंकबाट चैत २२ गते अन्तिम स्वीकृत पाएको थियो । राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसीलाई एक्वायर गरेर राष्ट्रिय वाणिज्य बैंकको नामबाट एकिकृत कारोबार गर्न लागेको हो ।
एनआइडिसीको सम्पूर्ण सम्पत्ति र दायित्व राष्ट्रिय वाणिज्य बैंकले लिनेछ । एनआइडिसीले गत माघ १९ गते र राष्ट्रिय वाणिज्य बैंकको माघ २० को साधारणसभाले १ः१ अनुपातमा स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गरिसकेको छ । हाल एनआइडिसीको सेयर कारोबार बन्द छ ।