९ मंसिर २०८१, आईतवार
बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीमा एनआईसी एशिया बैंकले ५ औं शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । मंगलबार बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन् ।
सो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवाको (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।