ओपो एफ७ नेपाली बजारमा सार्वजनिक

होमल्याण्ड खबर

२०७५ बैशाख १२ गते, बुधबार ०६:४६ मा प्रकाशित

ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ(सेभेन नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको हायात होटलमा एक कार्यक्रमका बीच नायिका मलिना जोशी र अदिती बुढाथोकीले यो बहुप्रतिक्षित फोन सार्वजनिक गरेका छन् ।
सेल्फीमा क्रन्ति ल्याउन सफ ओपोले अर्को उच्च स्तरको फोन नेपाली बजारमा ल्याएको हो । आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका भएको कम्पनीले जनाएको छ । नवप्रबर्तनात्मक प्रविधिमा आधारित ओपो एफसेवेनले नेपाली यूवा माझ रहेको कम्पनीको सेल्फी एक्स्पर्ट एण्ड लिडरको छवीलाई थप सुदृढ बनाउने आशा गरिएको छ । सेल्फीलाई थप वास्तविक, प्राकृतिक र ब्यक्तिगत तवरमा आकर्षक बनाउने सोचका साथ ओपोले एफफाइभको माध्यमबाट एआई ब्यूटी रेगक्निशन प्रविधि सार्वजनिक गरेको थियो ।
ओप्पो एफ सेवेनको न्युनतम् मूल्य ३६ हजार ५ सय ९० र अधितम मूल्य ४६ हजार ५ सय ९० रुपैयाँ छ । ४ जिबीको र्याम भएको एफ सेवेन साढे ३६ हजार ६ जिबीको र्याम भएकोको मूल्य साढे ४६ हजार तोकिएको छ ।