१४ मंसिर २०८१, शुक्रबार
साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत आइतबार ७५ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पाँच सय रुपियाँले बढेर प्रतितोला ७६ हजार रुपियाँ कायम भएको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको व्यापारीहरुले बताएका छन् । त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार सात सय रुपियाँ कायम गरेको छ ।
त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६५ हजार १६० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ९०५ रुपियाँ कायम गरेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ९०० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७७१ रुपियाँ ५० पैसा कायम गरेको छ ।