आरटीजीएस लागु गर्ने सम्बन्धी महालक्ष्मी विकास बैंक र राष्ट्र बैंकबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ माघ १४ गते, मंगलवार १३:४७ मा प्रकाशित

महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच आर. टि. जि. एस प्रणाली लागू गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले राष्ट्र बैंकसँग आर. टि. जि. एस प्रणाली लागू गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

उक्त सम्झौता पश्चात ग्राहकहरुले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबार फस्र्यौट हुन्छ । यसले बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ । सम्झौतापत्रमा नेपाल राष्ट्र बैंककातर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाईन बैंकिङ्ग, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ्गलगायतका सेवाहरु उपलब्ध गराउदै आईरहेको जनाएको छ ।