९ मंसिर २०८१, आईतवार
बैशाख २० गतेदेखि सेन्ट्रल फाइनान्सले नबिकेको हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ । फाइनान्सले २०७४ पुस २३ गतेदेखि फागुन १३ गतेसम्म बिक्रि खुला गरेको हकप्रदमा पर्याप्त आवेदन नपरेपछि बिक्रि नभएको १० लाख ८५ हजार ९ सय ३९.७५ कित्ता हकप्रद सेयर लिलामीमा बिक्रि खुला गर्न लागेको हो ।
जसमा संस्थापक सेयर ९ लाख ८१ हजार ७ सय ८.७२५ कित्ता र सर्वसाधारण समुहतर्फको एक लाख ४ हजार २ सय ३०.३५० कित्ता सेयर लिलामीमा ल्याउन लागेको हो । यो सेयरका लागि बैशाख २७ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिदा प्रतिकित्ता न्युनतम १०० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य कबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा संस्थापक समुहतर्फका लागि न्युनतम एक हजार कित्ता र सर्वसाधारण समुह तर्फका लागि न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।
बोलपत्र आवेदन फारम एनआइबिएल एस क्यापिटल लाजिम्पाट र शाखा कार्यालयहरु तथा सेन्ट्रल फाइनान्सको केन्द्रिय कार्यालय कुपण्डोलमा भर्न र बुझाउन सकिनेछ । यस्तै इन्भेष्टमेन्ट बैंकको शाखा कार्यलयहरु सुर्खेत, नेपालगंज, नारायणगढ र धनगढीमा आवेदन फारम भर्न र बुझाउन सकिनेछ ।