ओरालो लाग्यो सुनचाँदीको मूल्य

होमल्याण्ड खबर

२०७६ माघ २१ गते, मंगलवार ११:५२ मा प्रकाशित

आज सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार ७६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सयले घटेर ७६ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७५ हजार ७ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।