२९ फाल्गुन २०८२, शुक्रबार
आज सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार ७६ हजारमा कारोबार भएको छापावाला सुन बुधबार ८ सयले घटेर ७५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ७४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।