९ मंसिर २०८१, आईतवार
सिभिल बैंकको नाफा गत वर्षको भन्दा दोब्बर बढेको छ । चालु आर्थिक वर्षको ९ महिनामा सिभिल बैंकले गत वर्षको तुलनामा १२६ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत वर्ष १५ करोड ४४ लाख रुपैयाँ नाफा गरेकोमा यस बर्ष ३५ करोड भन्दा बढी नाफा कमाएको छ । साथै बैंकको कर्जाको अनुपात पनि गत वर्षको तुलनामा ४.६६ प्रतिशतबाट ३.७४ प्रतिशतमा घटेको छ ।
बैंकले खुद ब्याज आम्दानी ८९ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यस्तो आम्दानी ७३ करोड ३५ लाख रुपैयाँ थियो । बैंकले ३६ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरि ३४ अर्ब ९२ करोड रुपैयाँ ऋण लगानी गरेको छ । चुक्ता पूँजी ६ अर्ब ९३ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ९० करोड रुपैयाँ जम्मा भएको छ ।