एनएमवि बैंक र कञ्चन डेभलेपमेन्ट बैंकबीच सम्झौता 

होमल्याण्ड खबर

२०७६ माघ २७ गते, सोमबार १२:४० मा प्रकाशित

एनएमवि बैंक र कञ्चनपुरमा मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । एनएमवि बैंकले कञ्चन बैंकलाई प्राप्ति गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

कञ्चन डेभलपमेन्ट बैंकको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबि बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिएको बैंकले जनाएको छ । जसबाट ग्रामीण तथा शहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य रहेको छ ।