१४ मंसिर २०८१, शुक्रबार
बजारको माग बढेसँगै यस वर्षको प्रणय दिवसमा १ करोडभन्दा बढी रुपैयाँको गुलाफको फूल आयात हुनेछ । नेपाली उत्पादनकाे कमि तथा बजारको बढ्दो मागसँगै यस वर्ष डेढ लाख स्टिम गुलाफको फूल आयात गर्ने फ्लोरिकल्चर एशोसियसनले भारतबाट गुलाफ ल्याउने भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्न गएको हो । गत वर्ष १ करोड २५ लाख रुपैयाँको गुलाफ भारतका विभिन्न शहरबाट आयात भएको थियो । गत वर्ष जस्तै यस वर्ष पनि भारतको नयाँ दिल्दी, ब्याङ्लोर, कलकत्ता लगाएका शहरबाट एक करोड भन्दा बढी रुपैयाँको गुलाफको आयात हुने फ्लोरिकल्चर एशोसियसनका प्रमुख कुमार कसजु श्रेष्ठले बताए ।
अन्य सिजनको तुलनामा प्रणय दिवसलाई नि लक्षित गरी आयात गरिँदै आएको छ । नेपाली बजारमा प्रणय दिवसका लागि मात्र करिब डेढ लाख स्टिम गुलाफको फूलको माग छ । तर उत्पादनको अवस्था अति न्यून छ । जाडो याममा फूलको उत्पादन कम हुनेछ ।
प्रणय दिवसका लागि ३० हजार स्टिम गुलाफ नेपालमा उत्पादन हुन्छन् । पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेमा मात्र व्यवसायिक रुपमा गुलाफ उत्पादन भइरहेको फ्लोरिकल्चर एशोसियसनका प्रमुख श्रेष्ठले जानकारी दिए ।
गुलाफकै लागि करोडौं रुपैयाँ भारतिय बजारमा जाने गर्छ । यो प्रक्रिया हरेक वर्ष प्रेम दिवस आएसँगै चलिरहन्छ । रातो गुलाफको प्रति मानिने प्रणय दिवस पछिल्लो समय नेपालमा एक पर्वको रुपमा स्थापित भएको छ ।
यस वर्ष गुलाफको मूल्य प्रति ‘स्टिम’ ७० देखि १ सय रुपैँयासम्म उपभोक्ताले पाउने छन् । हाल नेपालमा १० हजार हेक्टर जमिनमा गुलाफ उत्पादन हुने गरेको फ्लोरिकल्चर एशोसियसनले जनाएको छ ।